Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Hanumandhoka Durbar Museum

Hanumandhoka, Kathmandu, Nepal

१० औं वार्षिकोत्सवको अवसरमा गरगहनाको प्रदर्शनी सुरू भएको छ

Published By: Admin
Published Date: 2021-03-18

हनुमानढोका दरबार संग्रहालय विकास समितिको १० औं वार्षिकोत्सवको अवसरमा गरगहनाको प्रदर्शनी सुरू भएको छ । यसअघि सन्दुकमा राखिएका गहना अब सर्वसाधरणले हेर्न पाउनेगरी पर्दशनीमा राखिएको छ । उक्त प्रदर्शनीको आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उद्घान गर्नुभएको छ । मन्त्री ढकालले गरगहना प्रदर्शनीमा राख्ने विषयमा पनि बिरोधको स्वार सुनिएको भन्दै राजनीतिक रुपमा गर्नुपर्ने आलोचना, टिप्पणी र विरोध राजनीतिक ढंगले नै गर्न र अनावश्यक रुपमा धार्मिक एंव पवित्र कार्यमा राजनीति नगर्न सुझाव दिनुभएको छ । उहाँले यस प्रदर्शनीले पर्यटकलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

© 2021 Hanumandhoka Durbar Museums. All rights reserved.